काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ ।
दशैंअघि असोज २३ गते बजार बन्द हुनु पूर्व सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ रहेकोमा आज मंगलबार ताेलाकाे १ लाख ६० हजार ५०० रुपैयाँ पुगेको हाे ।
असोज १८ गते सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ६१ हजार ३०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, आज चाँदी तोला २५ रुपैयाँले बढेर ताेलाकाे १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।



