गाेरखा । नेपालकै पहिलाे केबुलकार आज र भाेली बन्द हुने छ । नेपालीहरुकाे महान पर्व वडादशैंकाे अवशरमा आज र भाेली केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए ।
दशैंमा सबै कर्मचारीहरुलाई बिदा हुने भएकाे हुदा २ दिन केबुलकार बन्द गर्न लागिएकाे उनले जानकारी दिए । २ दिन बन्द रहने केबुलकार २८ गते साेमबार १ दिन सञ्चालनमा आएर पुन: ३ दिनकाे लागी बन्द हुने पनि उनले जानकारी दिए ।
द्धदशीमा १ दिन सञ्चालनमा आए पछी ३ दिन केबुलकार मर्मतकाे लागि बन्द गर्न लागिएकाे हाे । एनालग प्रविधिबाट हालै मात्र डिजिटल प्रणालीमा आएकाे केबुलकारकाे नयाँ लठ्ठा झाेलिएका कारण ३ दिन बन्द गरेर तन्काउने काम गर्न लागिएकाे प्रबन्धक शेरचनले बताए ।
२९ गतेदेखी पुन: बन्द हुने केबुलकार कार्तिक २ गते बिहानैदेखी सञ्चालनमा आउने केबुकार प्रशासनले जानकारी दिएकाे छ ।
चितवनकाे चेरेशबाट गोरखाको सहिद लखन गाउँपालिकास्थित नेपालकै पवित्र प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि नियमीत सञ्चालनमा आएकाे हाे ।




















