काठमाडाैं । नेपाली बजारमा आज फेरी सुनको भाउले रेर्कड ताेडेकाे छ । सुन आज ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च रेर्कड कायम गरेकाे हाे ।
शुक्रबार तोलामा ४०० रुपैयाँले बढेसंगै ताेलाकाे १ लाख ६१ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा ३० रुपैयाँले बढेर प्रति तोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



