×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको खारुङ गाउँमा पहिरो जानुपूर्वको सूचना प्रणाली जडान

  •  गोरखा समाचार
  • बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको खारुङ गाउँमा पहिरो जानुपूर्वको सूचना प्रणाली जडान गरीएको छ । बारपाक सुलिकोट गाउँपालिका–४, स्थित खारुङमा उक्त प्रणाली हालै जडान गरीएको हो ।

    उक्त प्रणाली जिल्लामै पहिलोपटक जडान गरिएको संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) परियोना नेपालका विपद जोखिम न्यूनिकरण विशेषज्ञ लिलाजंङ गुरुङले बताए । त्यहाँ जडित मेशिनले पहिरो आउनु अघि नै स्थानीयलाई पहिरोको पूर्व सूचना दिने उनले बताए ।

    बारपाक सुलिकाेट-४ काे खारुङ गाउँ

    ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’ पछी खारुङ बस्ती नजिकैबाट जमिन भाँसिन थालेपछी परियाजनाले पहिलो पटक उक्त प्रणाली जडान गरेको हो ।

    बर्षातका बेला हरेक बर्ष निरन्तर जमिन धसिदै जान थालेपछी खारुङका केही घरहरु बिस्थापित समेत भएका थिए । गाउँबाट मानिसहरु घर नै छाडेर जान थालेपछी पहिरो नियन्त्रणसंगै स्थानीयबासीलाई पहिरोबाट सुरक्षित राख्न र पहिरो आउनु अघि नै जानकारी दिने गरी पूर्वसूचना प्रणाली जडान गरेको परियोजनाले जानकारी दिएको छ ।

    गाउँसंगै रािखएकाे सेन्सर

    जडीत पूर्वसूचना प्रणालीले जमिन हल्लिनासाथ साइरन बजाउने गर्दछ । खारुङ गाउँकै फरक फरक गरी ३ स्थानमा राखिएको सेन्सरले जमिनमा थोरै कम्पन हुने बित्तिकै ‘साइरन’ बजाएर विपद्को पूर्व जानकारी दिने गरेको छ ।

    विशेष गुरुङले सोही साइरन बारपाक सुलिकोट गाउँपालिकामा समेत जडान गरीएको बताए । गाउँमा उक्त साईरन बज्नासाथै पालिकामा रहेको साईरन समेत बज्ने र उक्त गाउँमा जमिन भासिन थालेको जानकारी प्राप्त हुने उनले बताए ।

    पहिराे नियन्त्रणकालागी लगाईएकाे अम्रिसाे

    ‘‘समुदायलाई पहिरोको पूर्वसूचनाका हिसावले यो असाध्यै महत्वपूर्ण हुन्छ, उनले भने, ‘‘गाउँपालिकाले पहिरोको जोखिमयुक्त क्षेत्रको विवरण उपलब्ध गराएपछि अध्ययन गरेर पालिका भित्र सवैभन्दाबढी आवश्यक ठाउँमा पूर्वसूचना प्रणाली राखिएको हो ।’’ पूर्वसूचना प्रणालीमा ‘सेन्सर’ जडान गरिएको र जमिन थोरै चल्ने बित्तिकै त्यसले साइरन बजाएर स्थानीयलाई जानकारी दिने विशेषज्ञ गुरुङले बताए ।

    ‘‘पूर्वसूचना प्रणालीमा जडान गर्दा ५ डिग्री थ्रेसहोल्ड राखिएको छ, त्यो भन्दाबढी कम्पन भइहाले ‘साइरन’ बज्छ र त्यसलाई खतरा हो भन्ने समुदायले थाहा पाउछन्, उनले भने, ‘‘खतराको साइरन बजेपछि मानिसहरु समयमा नै सुरक्षित ठाउँमा भाग्ने मौका पाउछन्, । पूर्वसूचना प्रणालीमार्फत पहिरोको सम्पूर्ण सूचना प्रत्येक १५ मिनेटमा डाटासहित तत्काल गाउँपालिकाको कार्यालयमा रहेको सारोबरमा पुग्ने व्यवस्था समेत मिलाइएको छ ।

    खारुङ गाउँकाे एक घरमा जडान गरीएकाे साईरन

    साईरन बज्ने बित्तिकै भाग्छन गाउँले

    परियोजना मार्फत जठिन उक्त प्रणालीले साईरन बजाएको खण्डमा गाउँहरु सबै मिलेर सुरक्षित स्थानमा जाने गरी स्थान समेत छनौंट गरेका छन् । गाउँकै उत्तर पश्चिम भागमा सबै गाउँले जम्मा भएपछी हाजिरी उठाउने काम हुने गरेको छ ।

    हाजिरी उठाउदा को मानिस आयो आएन भन्ने थाहा हुने र हराएको मानिसका बिषमा खोजी गर्न सजिलो हुने पनि विशेषज्ञ गुरुङले जानकारी दिए ।

    सुरक्षित स्थानमा जम्मा भएका सबैले जमिन भाँसिएको वा नभाँसिएको बिषयमा अध्ययन गर्ने र सुरक्षित अवस्थामा मात्र गाउँमा फर्कने गर्दछन् । एक पटक साईरन बजेपछी भने रोक्नलागि मानिस आफैले उक्त प्रणालीलाई बन्द गर्नसक्ने छ ।

    पहिराेकाे जाेखिममा परेपछी बस्न छाडेकाे घर

    जमिन भाँसिएको स्थानमा परियोजनाले स्थानिय स्तरमा नै पाउने अम्रिसो लगाए पहिरो नियन्त्रण गरेको छ । पहिरो नियन्त्रण भएसंगै विस्थापित भएका गाउँलेहरु पुनः गाउँ फर्कन थालेको पनि एक स्थानियले जानकारी दिए ।

    गाउँपालिका, भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) विचको सहकार्यमा पूर्वसूचना प्रणाली जडान गरिएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.