काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । साताकाे छाैटाैं दिन आज शुक्रबार तोलामा ५०० रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।
बिहीबार प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५०० रुपैयाँले बृद्दी हुदा ताेलाकाे १ लाख ६१ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । चाँदीतोलाकाे १ हजार ९५५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।



