काठमाडाैं । साताकाे चाैंथाे दिन आज पनि सुनको भाउ बढेकाे छ । सुनकाे भाउ तोलामा ७०० रुपैयँले बढेसंगै नेपाली बजारमा आज ताेलाकाे १ लाख ६० हजार ४०० रुपैयाँमा काराेबार भएकाे छ ।
भाउ बढे संगै नेपाली बजारमा यसले पुन: अर्काे कीर्तिमानी भाउ बनाएको छ । सुनको भाउ याे अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर उकालाे लागि रहेकाे छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर तोलाकाे १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















