काठमाडाैं । साताकाे दाेस्राे दिन पनि नेपाली बजारमा सुनले किर्तीमानी मूल्य कायम गरेकाे छ ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।
सुनकाे भाउ बढे संगै ताेलाकाे १ लाख ५९ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तर चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोकै मूल्यमा तोलाको १ हजार ९२० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



