काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज एकैदिनमा तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।
लगातार ३ दिनदेखि घटिरहेको सुन आज एकैदिन १ हजार ५०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ५७ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



