काठमाडाैं । साताकाे पाँचाैं दिन आज पनि सुनको भाउ घटेकाे छ । हिजो तोलामा ३०० रुपैयाँले घटेकाे सुन आज बिहीबार ताेलाकाे ८०० रुपैयाँले घटेको हाे ।
सुनकाे भाउ घटे संगै नेपाली बजारमा ताेलाकाे १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार साेही सुन ताेलाकाे १ लाख ५६ हजार ४०० मा बिक्री भउकाे थियाे ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा १० रुपैयाँले घटेर १ हजार ८८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
गएको ३ दिनदेखि नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ ।



