काठमाडाैं । साताकाे चाैथाें दिन आव सुनको भाउ ताेलामा ३०० रुपैयाँले घटेको छ । सुनको भाउ घटेर ताेलाकाे १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साेमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो । मलगबार सुनको भाउ घटेर ताेलाकाे १ लाख ५६ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



