×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामना केबुलकार आजदेखी डिजिटल डी– कनेक्ट प्रणालीद्दारा सञ्चालन

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार २६ बर्षपछी डिजिटल डी– कनेक्ट प्रणाली मार्फत सञ्चालनमा आएकाे छ । २ दशकभन्दा बढी समयसम्म एनालग प्रविधी मार्फत सञ्चालन हुदै आएकाे केबुलकार मर्मत संभार लगत्तै आज बिहानैदेखी डिजिटल डी– कनेक्ट प्रविधी मार्फत सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबावु श्रेष्ठले बताए ।

    केबलकार एनागलबाट डिजिटल डी– कनेक्ट प्रणाली मार्फत सञ्चालन ल्याउन गएकाे असार ३१ गतेदेखी पूर्ण रुपमा बन्द गरेर मर्मत संभार गरीएकाे उनले जानकारी दिए । मर्मत कार्य सकिए लगत्तै मंगलबार बिहानैदेखी पुन: सञ्चालनमा आएको हो ।

    केबुलकार नियमीत रुपमा सञ्चालनमा आए लगत्तै देशैभरका श्रद्दालु भक्तजनहरु मनकामना दर्शन गर्न जान लाम लागेर बसेकाे स्टेशन म्यानेजर उज्जवल शेरचनले बताए । उनका अनुसार बिहान केबुलकार खुलेदेखी मानिसहरुकाे भिड लागेकाे छ ।

    ‘हामीले हाम्रा यात्रुहरुको सुरक्षाका लागि अत्याधुनिक प्रविधिमा स्तारोन्नति गर्न २ महिनादेखी केबुलकार बन्द गरेर काम गरेका थियौ’ उनले भने ‘एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्टमा रुपान्तरण गर्ने काम सम्पन्न भएको छ ।’

    केबुलकारलाई डि–कनेक्ट प्रणालीमा लान अस्ट्रियाका विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकहरुको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा स्तरोन्नतिका काम सम्पन्न भएको थियाे ।

    केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जादा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

    २०५५ साल मंसिर ८ गतेदेखी विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले चितवनको चेरेशमा बटम स्टेशन र गोरखाको मनकामना मन्दिर छेवैमा टप स्टेशन राखी मनकामना मन्दिर आउजाउ गर्नेहरुका लागि सेवा प्रदान गर्दै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.