काठमाणडौं । केही दिन यताबाट नेपाली बजारमा सुनको भाउ दिनदिनै बढन थाले संगै दैनिक जसाे नयाँ कीर्तिमान बनाउदै गएकाे छ । साताकाे दाेस्राे दिन साेमबार आज पनि सुनको भाउ ताेलामा ५०० रुपैयाँले बढे संगै पुन: अर्काे नयाँ किर्तिमान कायम भएकाे छ ।
नेपाली बजारमा अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर फेरी पनि नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे हाे । आइतबार सुनको भाउ तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलाकाे १५ रुपैयाँले बढेर प्रति तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















