काठमाडाैं । साताकाे पहिलाे दिन नेपाली बजार खुल्नासाथ सुनको भाउले कीर्तिमान बनाएको छ । आज सुनकाे भाउ ताेलामा ५०० रुपैयाँले बढेसंगै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान बनाएको हो ।
सुनकाे भाउ ताेलाकाे ५०० रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ ताेलामा ४० रुपैयाँले बढेर प्रति तोलाको १ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



