प्रतीकात्मक तस्बिर
काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको भाउ अहिलेसम्मकै उच्च मूल्य तोलाकाे १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेर तोलाकाे १ हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



