काठमाडौं । नेपालली बजारमा बुधबार हालसम्मकै उच्च मूल्य कायम गरेकाे सुनकाे भाउ आज सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएकाे जानकारी अनुसार बिहीबार तोलामा १०० रुपैयाँले मूल्य घटेको हाे ।
बिहीबारका लागि पनि सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेकाे सुन आज मूल्य घटेर ताेलाकाे १ लाख ५३ हजार ३०० रुपैयाँ कामय भएकाे महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७८० रुपैयाँ कायम भएकाे छ।



