प्रतीकात्मक तस्बिर
काठमाणडाैं । नेपाली बजारमा सुनको भाउ आज फेरी उच्च बिन्दुमा पुगेकाे छ । आज ताेलामा १ हजार रुपैयाँले बढेर सुनको भाउमा हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हो ।
आज सुनको भाउ ताेलाकाे १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको भदौ २१ गते नेपाली बजारमा सुनकाे भाउ तोलाकाे १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



