काठमाडाैं । साताकाे तेस्राे दिन आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।
मंगलबार सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ प्रति ताेला १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



