काठमाडाैं । नेपाली बजारमा सुनको भाउले फेरी उच्च बिन्दुमा पुगेकाे छ । साताको अन्तिम दिन आज शुक्रवारका दिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर सुन नेपाली बजारमा उच्च बिन्दुमा पुगेकाे हाे ।
सुनकाे भाउ बढे संगै आज तोलाको १ लाख ५३ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । चाँदीकाे भाउ बढे संगै आज तोलाको १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



