काठमाडाैं । साताको दाेस्राे आज पनि सुनकाे भाउ घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साताकाे पहिलाे दिन हिजो पनि सुनको भाउ ६०० रुपैयाँले घटेको थियो । गएको भदौ १३ गते बिहीवार सुनको भाउ उच्च बिन्दुमा पुगेर ताेलाकाे १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ २० रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



