काठमाडाैं । साताकाे पहिलाे दिन आज सुनको भाउ ताेलामा ६०० रुपैयाँले घटेको छ । सुनको भाउ घटे संगै तोलाकाे १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे हप्ता बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर ताेलाकाे १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीमा २५ रुपैयाँले घटेर ताेलाकाे १ हजार ७९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



