काठमाडाैं । आज सुन तोलामा ३०० रुपैयाँले घटेको छ । बिहीबार हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज सामान्य रुपम घटेकाे हाे ।
सुनको भाउ घटे सगै तोलाकाे १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार सुनको भाउ तोलाकाे १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदीकाे भाउ घटेर ताेलाकाे १ हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















