काठमाडाैं । आज चाँदीकाे भाउ बढेकाे छ भने सुनको भाउ स्थिर रहेकाे छ ।
साेमबार सुन तोलामा १०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा काराेबार भएकाेमा साेही भाउमा आज पनि कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीकाे भाउ भने ताेलामा १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ८५० रुपैयाँ भएको महासङ्घले जनाएको छ ।




















