गोरखा । गोरखा सदरमुकाममा रहेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को छौंठौ साधारणसभा सम्पन्न भएको छ ।
सदरमुकाममा भएको उक्त साधारण सभाले सचिव मोहनराज बिष्ट र कोषाध्यष सरोज पोखरेलको बार्षिक प्रगति बिवरण तथा आगामी बर्षका प्रस्तावित कार्यक्रम र अनुमानित आय ब्यय सर्व सम्मत रुपमा पास गरिएको अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिए ।
०५३ सालमा स्थापना भएको उत्थान र ०५५ सालमा स्थापना भएको दैनिक साकोसको एकिकरण पछीको छौंठौ साधारण सभाले समान प्रकृतीको र सदस्यहरुको अहित नहुने गरी अन्य कुनै साकोस संग एकिकरण गर्ने प्रस्ताव समेत पास गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साकोसमा हाल १ करोड ५६ लाख ३७ हजार ५०० रुपैयाँ शेयर पूँजी र २ करोड ७१ लाख ८ हजार ८६७ रुपैयाँ ६५ पैसा कूल निक्षेप र ३ करोड ३६ लाख ९८ हजार ८४० रुपैयाँ कर्जा लगानी रहेको साधारण सभामा जानकारी गराईएको थियो ।
संस्थाले सदस्यहरुको हितलाई ध्यानमा राखी नयाँ सफ्टवय प्रयोग ल्याएको जानकारी दिदै गएको आर्थिक बर्ष १० लाख ६० हजार २ रुपैयाँ ९१ पैसा खुदा नाफा गर्न सफल भएको पनि साधारण सभामा जानकारी गराईएको थियो ।
दुवै संस्था एकिकरण पछि पहिलो पटक साधारण सभामा शेयर प्रमाणपत्र वितरण समेत गरीएको सचिव बिष्टले जानकारी दिए । उनका अनुसार दुवै संस्थाका संस्थापक अध्यक्ष तथा एकिकरणका संयोजक सुशिलबावु श्रेष्ठलाई शेयर प्रमाणपत्र प्रदान गरेर शेयर प्रमाणपत्रको बितरणको सुरुवात गरिएको छ ।



