काठमाडाैं । आज सुन र चाँदीको भाउ घटेकाे छ । सुन तोलामा ५०० र चाँदी १५ रुपैयाँले घटेको हाे ।
सुनको भाउ घटे संगै ताेलाकाे १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीकाे भाउ पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर ताेलाकाे १ हजार ८१५ रुपैयाँमा कायम भएकाे महासङ्घले जनाएको छ ।



