काठमाडाैं । नेपाली बजारमा सुनले पुनः उच्च बिन्दु कायम गरेको छ । भदौ २ गते उच्च बिन्दुमा पुगेकाे सुनको मूल्य बुधबार प्रतिताेला ८०० रुपैयाँले बढे संगै हालसम्मकै उच्च बिन्दुमा काराेबार भएकाे हाे ।
साताकाे दाेस्राे र तेस्राे दिन सामान्य गिरावट आएकाे भएता पनि बुधबार सुनकाे मूल्य बढेकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको आज ताेलकाकाे १५ रुपैयाँले बढेर १ हजार ८३५ रूपैयाँमा काराेबार भएकाे महासंघले जानकारी दिएको छ ।




















