काठमाडाैं । नेपाली ईतिहासमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । साताकाे पहिलाे दिन आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।
सुन आज ताेलाकाे १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो ।
यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।
चाँदी आज तोलाको १ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



