गोरखा । गोरखा सदरमुकाममा रहेको सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनःशरदबावु कट्टेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सदरमुकाममा भएको १४औं साधारण सभा तथा चौथों अधिवेशनबाट कट्टेल सर्वसम्मत रुपमा अध्क्षयमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा काजीराम श्रेष्ठ, सचिवमा श्रवणकुमार जोशी र कोषाध्यक्षमा विशाल राना मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ज्ञानहरी अर्याल, भोलाप्रसाद मरहट्टा, बसन्त बस्नेत, रामहरी केसी, मनकाजी श्रेष्ठ चयन भएको प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तैगरी, लेखा सुपेरिवेक्षण समितिको संयोजकमा नारायण खत्री र सदस्य द्वयमा गोकर्ण राना मगर र डण्डपाणी कट्टेल चयन भएका छन् ।
कार्यक्रममा सचिव काजीराम श्रेष्ठ र कोषाध्यक्ष विशाल राना मगरले बार्षिक प्रगति विवरण पेश गरेका थिए ।
संस्थापक अध्यक्ष श्रेष्ठ सम्मानित
सिद्वि गणेश साकोसको अधिवेशनको अवशरमा संस्थापक अध्यक्ष अच्यूतलाल श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई प्रमुख अतिथी रहेका गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले दोसल्ला र सम्मान पत्र दिएर सम्मान गरिएको हो ।
श्रेष्ठलाई सहकारीको बिकास र प्रवद्र्वनमा सृजनात्मक भूमिका निर्वाह गरी संस्थाको उन्नयनका निम्ती गर्नु भएको अनवरत प्रयासहरुको उच्च प्रशंसा गर्दै सम्मान गरिएको साकोसले जनाएको छ ।




