गोरखा । पालुङटार नगरपालिकाले पहिलो पटक ‘लिगलिग महोत्सव’को आयोजना गरेको छ । नगर कार्यपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पालिकाले पहिलो पटक महोत्सवको आयोजना गरेको नगर प्रमुृख विवश चिन्तनले जानकारी दिए ।
उनले साउन ३१ गते बसेको ८७औं कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्दै असोज १७ गतेदेखी २१ गतेसम्म ५ दिने महोत्सवको आयोजना गरिएको जानकारी दिएको हो । महाेत्सव लिगलिग काेटमा हुने छ ।
प्रमुख चिन्तनले पत्रकार सम्मेलनमा लिगलिग अभियानले विगत १ दशकभन्दा बढी समयदेखी आयोजना गर्दै आएको लिगलिगे दौडलाई समेत महोत्सव अवधिभरमा नै समावेश गर्ने बताए । अभियानले भने असोजको २३ गते लिगलिग दौडको आयोजना गर्ने तयारी गरेको छ ।
पत्रकार सम्मेलनमा प्रमुख चिन्तनले समग्र रुपमा लिगलिग कोटको पहिचान र प्रवद्र्वन गर्ने गरी महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा साँस्कृतिक कार्यक्रम अन्तरर्गत लिगलिग क्षेत्रका ऐतिहासिक र साँस्कृतिक परम्परासंग सम्बन्धित प्रदर्शनी, स्थानीय कला र शिल्प अन्तरर्गत हस्तकला र शिल्पकला प्रर्दशनी तथा परम्परागत नृत्य र संङ्गीत अन्तरर्गत स्थानीय परम्पारागत नृत्य र संङ्गीत प्रस्तुतिकरण हुने जानकारी दिए ।
उक्त क्षेत्रमा प्रख्याती कमाएको लिगलिगे दौड (चेपेघाटदेखी लिललिग कोटसम्म) को दौडलाई पनि समावेश गरीएको छ ।
महोत्सवका लागि पालिकाले ८ लाख रुपैयाँ बिनियोजन गरेको छ । उक्त रकमले अपुग भएको खण्डमा खर्च हेरेर पुनः कार्यपालिकाको बैठकले रकम बिनियोजन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


