गोरखा । गोरखाको गुम्दामा आलु मेला २०८१ हुने भएको छ । आलुको विशेष परिकारहरु बन्ने उक्त मेला भाद्र १ गतेदेखी सञ्चालमा आउने मेला संयोजक मिनबहादुर सुनारले बताए ।
गुम्दा एकता यूवा क्लब र थामरा धार्चे यूवा क्लबको आयोजनामा हुने मेला धार्चे गाउँपालिका–५ को गुम्दामा आउदो भाद्र १ गतेदेखी ५ गतेसम्म सञ्चालनमा आउने छ ।
समून्द्र सतहबाट २ हजार ३०० मिटर अग्लो स्थानमा रहेको गुम्दामा उत्पादिन आलु अत्यन्तै मिठो मानिन्छ । मेला अवधीभर आलु प्रर्दशनी, आलुको अचार, आलुको चिप्स, उसिनेको आलु तथा पोलेको आलुका साथै आलुका दर्जनौ परिकारको स्वाद लिन सकिने संयोजक सुनारले जानकारी दिए ।
दशकौदेखी आयोजना हुदै आएको मेलामा स्थानिय परिकारको पनि स्वाद लिन सकिने उनले बताए ।
मेलालाई विशेष बनाउन महिला तथा पुरुष भलिवलका साथै आलु खाने प्रतियोगिताको समेत आयोजना गरीएको आयोजक क्लबले जनाएको छ ।
भलिबल प्रतियोगिता अन्तरर्गत महिला तर्फ ८ समूह र पुरुष तर्फ २३ समूहको सहभागिता रहने संयोजक सुनारले जानकारी दिए । उनका अनुसार महिला भलिबल तर्फ प्रर्थम, द्वितिय र तृतिय हुनेलाई क्रमश.नगद २० हजार, १५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तैगरी, पुरुष तर्फ हुने प्रतियोगितामा प्रर्थम, द्वितिय र तृतिय हुनेलाई क्रमश.नगद ७० हजार, ४५ हजार र ३० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक सुनारले जानकारी दिएको छ । दुवै समूह तर्फको भलिबल जिल्ला भित्रका अन्तर क्लब स्तरिय हुने छन् ।
त्यस्तै खेल अवधीभर प्रतियोगितामा उत्कृष्ठ खेल खेल्ने खेलाडीलाई समेत नगद र ट्रफी दिएर सम्मान गर्ने कार्यक्रम तय भएको संयोजक सुनारले बताए ।
आलु खाने प्रतियोगिता तर्फ प्रर्थम, द्वितिय र तृतिय हुनेलाई क्रमश.नगद २ हजार, १ हजार ५ सय र १ हजारका साथै मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
मेलालाई आकर्षण बनाउन स्थानिय खाना तथा साँस्कृतीक कार्यक्रम समेत राखिएको छ । उक्त मेलामा मेला अवधीभर १५ हजार दर्शकले अबलोकन गर्ने अनुमान आयोजक संस्थाहरुले गरेको छ ।
मेलामा बारपाक, लाप्राक, लापु, काशीगाउँ, माछीखोला, काशिगाउँ, केरौजा, आरुघाट, उहियाँ तथा उत्तरी क्षेत्रका गाउँहरुबाट आउने तथा गुम्दा घर भई हाल स्वदेश तथा विदेशको विभिन्न स्थानमा बस्दै आएका अधिकांश मानिसहरु मेला हेर्न आउने गर्दछन् ।
मेला अघि दिदीबहिनी मान्न आउने चलन रहेता पनि पछिल्लो समय त्यसलाई परिमार्जन गरी मेलाको रुपमा मनाउन थालिएको हो । मेलालाई पर्वको रुपमा बिकास गर्ने गरी स्थानिय, समाजसेवी, जनप्रतिनिधी तथा संघ संस्थाहरु लागेको पनि कार्यक्रम संयोजक मिनबहादुर सुनारले बताए ।


