काठमाडाैं । साताकाे पहिलाे दिन आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ बढेपनी चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















