काठमाडौै । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे हाे ।
बिहीबार प्रतितोला १ लाख ४९ हजार ४०० मा कारोबार भएको थियो । आज मूल्य बृद्धि भए संगै सुन मूल्यले नेपालमा उच्च बिन्दु कायम गरेकाे हाे ।
त्यस्तैगरी, चाँदीको मूल्य आज प्रतितोला ४५ रुपैयाँले बढेसगै ताेलाकाे १ हजार ७९५ निर्धारण भएको छ ।




















