काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । साताको पहिलो दिन बजार खुल्नासाथै तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।
सुनको मूल्य घटे संगै आज तोलाको १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।




















