काठमाडौं । नेपाली बजारमा साताकाे पाँचाै दिन आज सुन र चाँदी दुवैकाे मूल्य घटेकाे छ । सुन ताेलामा ३०० र चाँदी ३५ रुपैयाँले घटेकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेकाे सुन ताेलामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० निर्धारण भएको छ ।
नेपाली बजारमा सुनले बुधबार नयाँ कीर्तिमान कायम गरेको थियो ।
त्यस्तैगरी, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८९५ मा कारोबार भएकोमा आज ३५ रुपैयाँले घटेर ताेलाकाे १ हजार ८६० निर्धारण भएको छ ।



