काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ । सुनकाे भाउ वृद्धि भएपछि हालसम्मकै नयाँ कीर्तिमान कायम भएको छ ।
सुनकाे भाउ बढेसंगै प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य भने घटेकाे छ । चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर १ हजार ८७५ निर्धारण भएको छ ।




















