गोरखा । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार मर्मतका लागि आजदेखी करिब २ महिना बन्द भएको छ । एनालग प्रविधिमा रहेको उक्त केबुलकार डिजिटल प्रविधीमा लान आनदेखी बन्द गरिएको हो ।
केबुलकार मर्मतका लागि भनेर करिब ५० दिन सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।
डिजिटल प्रविधिका लागि यसभन्दा अगाडीका बर्षहरुमा पनि केही काम भइसकेकोले थोरै समय मात्र बन्द गरेर काम तिब्र गतिमा गर्न लागिको उनले जानकारी दिए । डिजिटल प्रणालीमा जानु पूर्व नै कारको मुख्य लठ्ठासमेत फेर्न लागिएको छ ।
मर्मतका लागि अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै प्राविधिकहरु आउने भएका छन् । उक्त अवधिमा हुने मर्मतमा ५० कराेड भन्दाबढी खर्च आउने मनकामना दर्शन प्रालिका निर्देशक राजेशबावु श्रेष्ठले बताए ।
विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको केबुलकार २६ वर्ष पछी डिजिटल प्रविधिमा जान लागेकाे नायब महाप्रबन्धक शेरचनले बताए ।
एनलगबाट डिजिटलमा जादा हुने कामहरु :
१) मेन लठ्ठा (Main Haulage Cable) तार फेर्ने ।
२) Communication तार फेर्ने ।
३) Thyrestor Panel तथा Operation Panel फेरिने (Digital Control System) ।
४) सम्पूर्ण Wiring हरू फेरिने ।
५) DC Main Motor फेरि AC Main Motor Drive राखिने ।
६) ३ वटा Tower Overhauling गरिने ।
७) अन्य अत्यावश्यक कार्यहरू गरिने ।
८) जनशक्ति तालिम On The Job Training गरिने ।





