काठमाडौं । साताकाे तेस्राे दिन आज नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । मंगलबार सुनकाे मूल्य प्रतितोला ९०० रुपैयाँले गिरावट आएकाे हाे ।
सोमबारकाे तुलनामा प्रतितोला ९०० रुपैयाँले घटेर आज ताेलाकाे १ लाख ४४ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी तोलामा ५ रुपैयाँको घटेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



