काठमाडौं । साताकाे दाेस्राे दिन सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ । आइतबार ताेलामा १ हजार रुपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार नेपाली बजार खुल्दा ४०० रुपैयाँले घटेकाे छ ।
सुनकाे मूल्य घटेसगै आज ताेलाकाे १ लाख ४५ हजारमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
महासङ्घले दिएकाे जानकारी अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आइतबारकै तुलनामा ताेलाकाे १ हजार ८९० मा रुपैयाँ निर्धारण भएकाे महासङ्घले जनाएकाे छ ।



