गोरखा । नेपालकै पहिलो केबुलकार स्तरोउन्नती गर्न लागिएको छ । जसका लागि माउ संस्था मनकामना दर्शन प्रालिले ५० करोड खर्च हुने अनुमान गरेको छ ।
सञ्चालनको लामो समयाबधी एनागल प्रविधीमा संञ्चालन भएको केबुलकार हालै डिजिटल प्रणालीमा स्तरोउन्नती गर्न लागिएको मनकामना दर्शन प्रालिका निर्देशक राजेशबावु श्रेष्ठले बताए । उनका अनुसार केबुलकार सञ्चालन भएको २६ बर्ष भईसकेको छ ।
पछिल्लो समय नेपालमा स्थापना भएका सबै केबुलकार डिजिटल प्रणालीको भएकोले पनि डिजिटल प्रणालीमा जान लागेको उनले जानकारी दिए । निर्देशक श्रेष्ठका अनुसार केबुलकार अष्ट्रियाको डोपलमायर कम्पनीले डिजिटल प्रणालीमा जान भनेकाले पनि स्तरोउन्नती गर्न लागिएको हो ।
बिक्रम सम्बत २०५५ साल मंसिर ८ गते विधिवत रुपमा सञ्चालनमा आएको केबुलकार डिजिटल प्रविधिमा लान कम्पनीबाट सबै सामान स्टेशनमा आइ सकेको छ । असार ३१ गतेदेखी करिब २ महिनाको लागि पूर्ण रुपमा बन्द गरी स्तरोउन्नती गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार एनालगमा डिसी मार्फत मेशिन सञ्चालन भएको र डिजिटलमा जादा एसी मार्फत मेशिन सञ्चालनमा आउने छ । जसले गर्दा यात्रुलाई अझै प्रभावकारी सेवा दिन सहज हुने कम्पनीका निर्देशक श्रेष्ठले जानाकारी दिए ।
केबुलकार डिजिटल प्रणालीमा जादै गर्दा मेशिनमा प्रयोग भएको मुख्य लठ्ठा समेत नयाँ हालिने भएको छ । चितवनको चेरेशमा रहेको मुख्य स्टेशनबाट गोरखाको मनकामनामा रहेको माथिल्लो स्टेशनसम्म मुख्य लठ्ठा ६ हजार ५०० मिटरको रहेको पनि कम्पनीले जनाएको छ ।
निर्देशक श्रेष्ठका अनुसार डोपलमायरका प्राविधिकहरुले ५० दिनमा काम सम्पन्न गर्ने गरी काम गर्न लागेको भएता पनि चाढो भए चाढो र केही दिन ढिला भए सोही अनुसार केबुलकार सञ्चालन आउने पनि बताए ।
एनलगबाट डिजिटलमा जादा हुने कामहरु :
१) मेन लठ्ठा (Main Haulage Cable) तार फेर्ने ।
२) Communication तार फेर्ने ।
३) Thyrestor Panel तथा Operation Panel फेरिने (Digital Control System) ।
४) सम्पूर्ण Wiring हरू फेरिने ।
५) DC Main Motor फेरि AC Main Motor Drive राखिने ।
६) ३ वटा Tower Overhauling गरिने ।
७) अन्य अत्यावश्यक कार्यहरू गरिने ।
८) जनशक्ति तालिम On The Job Training गरिने ।


