काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भएको छ । साताकाे पहिलाे दिन नेपाली बजार खुल्नासाथ सुनकाे भाउ बढेकाे हाे ।
सुन ताेलामा १ हजारले बढेर प्रति ताेला १ लाख ४५ हजार ४०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदीको मूल्य तोलामा २० ले वृद्धि भएको छ । आज चाँदी ताेलाकाे १ हजार ८९० निर्धारण भएको छ ।



