काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । बजार खुल्नासाथ तोलामा १ हजार ६०० रुपैयाँले वृद्धि भएको हाे ।
सुनकाे भाउ बढैसंगै ताेलाकाे १ लाख ४४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा ४० ले बढेको छ । चाँदीको मूल्य बढेसंगै ताेलाकाे १ हजार ८६५ रुपैयाँमा काराेबार भएको छ ।




















