काठमाडौं । नेपाली बजारमा आज मूल्यमा गिरावट आएकाे छ । साताकाे पहिलाे दिन नेपाली बजार खुल्नासाथ प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनकाे मूल्य घटे लगत्तै ताेलाकाे १ लाख ४२ हजार निर्धारण भएको छ ।
यस्तैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ५० ले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ८१५ रुपैयाँमा काराेबार भएकाे छ ।



