काठमाडौं । आज सुन नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । शुक्रबार तोलामा १ हजारले बढे संगै नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे ।
बिहीबार प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको सुन आजका लागि १ लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
तेजाबी सुन काे मूल्य भने १ लाख ४४ हजार ३०० निर्धारण भएको छ ।
त्यस्तैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । चाँदी आज तोलामा ५० रुपैयाँले वृद्धि भएपछी १ हजार ९०० मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



