काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालले आफु प्रधानमन्त्री भएको १७ महिनामा चौथो पटक विश्वासको मत लिएका हुन् ।
संसदमा प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् ।
पहिलो पटक २६८, दोस्रो पटक १७२, तेस्रो पटक १५७ सांसदको समर्थन पाएका दाहाललाई चौथो पटक पनि १५७ सांसदको साथ पाएका छन् ।


