काठमाडौं । साताकाे पाँचाै दिन आज सुन र चाँदीको मूल्य बढेको छ ।
बजार खुल्नासाथ सुन १ हजार ६०० र चाँदी ६० रुपैयाँ ताेलामा बढेकाे हाे ।
सुनको भाउ बढेसगै ताेलाकाे १ लाख ४० हजार पुगेको छ ।
त्यसैगरी, चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ८०५ रुपैयाँ ताेला पुगेको छ ।



