×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

  •  गोरखा समाचार
  • बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दैलेख । नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुग्नुभएको थियो । जब उहाँ प्रतिलिपिका लागि सम्बन्धित फाँटमा जानुभयो र फोटो प्रष्ट छैन भनेर त्यहाँबाट फर्काइयो । उहाँ घर जाने तयारीमा रहेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा गुनासो सुन्न पुग्नुभयो । भट्टराईले आफ्नो समस्या प्रजिअ भुसाललाई दर्शाउनुभयो । प्रजिअ भुसाल राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदान गर्न निर्देशन दिनु भयो । त्यसपछि फाँटमा फर्किएका टीकारामको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भयो । नागरिताको प्रतिलिपि लिने काम पनि भयो ।

    दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले वैशाखदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर गुनासो सुन्ने र सेवाप्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यतालिका नै बनाउनुभएको छ ।

    प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सेवाग्राहीले कार्यकक्षमा पुगेर समस्या सुनाउन भएकाले सम्बन्धित शाखामै गएर सेवाग्राहीको गुनासो सुन्न थालेको बताउनुभयो । उहाँले त्यसका लागि ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम सुरू गरिएको र त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।

    यस्तै सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्षसमेत सञ्चालनमा ल्याएको छ । हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरी निःशुल्क औषधि दिने काम पनि भइरहेको छ ।

    ‘सेवाग्राहीसँग प्रजिअ’ अभियानका क्रममा आफ्नो कार्यालयले दिने सेवामात्र नभई समग्र विकास गतिविधिबारे पनि सहजीकरणको प्रयास गरिरहनुभएको छ । “हाम्रो कार्यालयसँग सम्बन्धित समस्याबारे हाम्रो चासो त हुने नै भयो, अन्य कार्यालय र जिल्लासँग सम्बन्धित समस्या समाधानका लागि पनि सहजकीरणको प्रयास गरिरहेका छौँ”, भुसालले भन्नभयो ।

    व्यवसायी एवम् सेवाग्राही मीनबहादुर थापाले ‘सेवाग्राहीसँग प्रजिअ’ अभियान प्रभावकारी देखिएको भन्दै यसको दिगो व्यवस्थापन र निरन्तरतामा ध्यानदिन जरूरी रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गुनासो सुनाउन जाँदासमेत कुने सुनुवाइ नभइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी आफैँ सेवाग्राहीकहाँ पुगेर गुनासो सुन्नु सराहनीय कार्य हो । यसको प्रभावकारिता र दिगो व्यवस्थापनमा ध्यानदिनु हाम्रो आग्रह छ ।”
    जिल्लामा हुने लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद्लगायतका सामाजिक समस्या समाधानका लागि पनि सबै सरोकारवालासँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.