×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण विपद्का घटना बृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गर्नुभएको छ ।

    आज काठमाडौँमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उहाँहरुले विपद्जन्य घटना न्यूनीकरण र प्रतिकार्यमा लगानी बढाउन सुझाव दिनुभएको हो ।

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटना विश्वव्यापी रुपमा नै बढिरहेको भन्दै यस क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    जल तथा मौसमजन्य घटनाहरु प्रमुख विपद्को रुपमा रहेको भन्दै प्रतिकार्यका लागि पूर्व सूचना प्रणाली बलियो हुनुपर्नेसमेत उहाँको सुझाव रहेको छ । “हामीले बहुप्रकोपिय प्रकोपका पूर्व सूचना प्रणाललिाई पनि व्यवस्थित बनाउने योजना अगाडि सारेका छाँै, बहुप्रकोपिय प्रणाली ढाँचा तयार गर्दा, अवलोकनका क्रियाकलापलाई पनि साथै लानुपर्छ,” उहाँले भन्नुभयो, “विगत छ महिना अघि पनि एनसिएलसँग १३ ओटा विपद्का घटनाको बारेमा एसएमएस प्रवाह गर्ने गरी नवीकरण भएको छ, आगामी असारमा नेपाल टेलिकमसँगको नवीकरणीय गर्ने क्रममा १३ ओटा बहुप्रकापिय विपद्को सूचना दिने गरी एसएमएस प्रवाहका सम्झौता हुने छ ।”

    पूर्व सूचना प्रणाली जडानका लागि विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट लगानी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा तीन ओटा मौसमी प्रणाली जडान भए पनि एक मात्र मौसमी प्रणाली सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ ।

    “हामीले बाढीलगायतका विपद्जन्य घटनाको विषयमा पूर्व सूचना दिने प्रयासहरु त ग¥याँै, यसले कतिको धनजनको क्षतिबाट त जोगाएको छ,” उहाँले भन्नुभयो,“तर हामीले अहिलेसम्म जे जति प्रयास गरेका छौँ, ती प्रयास प्रर्याप्त हुन सकिरहेको छैन ।”

    विपद् पूर्वानुमान प्रणलीहरु सबै सञ्चालनमा नहुँदा प्रभावकारी र भरपर्दो रुपमा पूर्व सूचना प्रवाह हुन नसकेको समेत उहाँको भनाइ छ । “भएका प्रणालीले पनि सूचना जे–जति दिन सक्ने हो त्यति दिनसक्ने अवस्थामा पुग्न सकेको छैन,” महानिर्देशक कर्माचार्यले भन्नुभयो, “तसर्थ अव भने भएका प्रणालीलाई नियमित सञ्चालन गर्ने र बढीभन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्य रहेको छ, यसका लागि विभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।”

    हाल सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीबाट राम्रो प्रतिफल हासिल गर्न सफल हुने गरी काम अगाडि बढाइने नीति रहेको उहाँको भनाइ छ । “सङ्गठन संरचना परिमार्जन गर्ने र दरबन्दी थप गर्ने योजना छ,” उहाँले भन्नुभयो, “जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको र जल तथा मौसमसम्बन्धी पूर्व सूचनालाई बढी उपयोगी बनाउने हिसाबले काम भइरहेको छ ।” राष्ट्रिय विपद् परिषद्का सदस्य डा गङ्गाधर तुलाधारले विसं २०७२ मा गएको गोर्खा भूकम्पले विपद् पूर्व तयारी र प्रतिकार्य गर्नुपर्नेमा राम्रो शिक्षा दिएको बताउनुभयो ।

    “विपद्पछिको राहत भन्दा पनि विपद् पूर्वको पूर्व तयारकिा कामलाईृ प्रथामिकता दिएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “सम्मेलनले विपद् प्रतिकार्य कार्ययोजना खाका बनाउने कुरामा सहयोग पुग्ने छ ।”

    रासस

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.