भोजपुर । ७ बर्षिया नाबालिकालाई जब जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३० बर्षका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१ खोवाचाका अमृत मंग्राती भएको प्रहरीले पुष्टी गरेको हो ।
मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा मंग्रातीलाई प्रहरीले प्रकाउ गरेको हो । मंग्रातीलाई प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको भोजपुर प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।



