जनकपुर । भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपालकाे जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखी ३ दिनसम्म बन्द गरिने भएको छ ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा भनिएको छ ।
चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वाले जानकारी दिए ।
इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।


