पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।
गतकाे चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिन लागेका हुन ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएकाे प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।


