काठमाडौं । नेपाली बजारमा साताकाे अन्तिम दिन आज सुन ताेलामा १ हजार १०० रुपैयाँले ओरालो लागेको छ ।
बिहीबार प्रतितोला १ लाख ३६ हजार ५०० सयमा कारोबार भएको छापावाला सुन आजका शुक्रबार भने १ लाख ३५ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार तोलामा १ हजार ६४५ निर्धारण भएको चाँदी शुक्रबार पनि साेही मुल्यमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



